रचनात्मक तरिकाले विकासकोे काममा लाग्छु  : उपप्रमुख डङ्गोल

शुक्रबार, जेठ १३, २०७९

काठमाडौँ, १३ जेठ । काठमाडौँ महानगरपालिकाको नवनिर्वाचित उपप्रमुख सुनिता डङ्गोलले रचनात्मकरुपमा महानगर विकासमा जुट्ने बताएकि छन। राष्ट्रियसभा गृहमा आयोजना भएको निर्वाचन परिणाम घोषणा तथा बधाई ज्ञापन कार्यक्रममा उपप्रमुख डङ्गोलले जनताले युवा पुस्तालाई गरेको विश्वासमा कमी आउन नदिने बताइन ।  

     उनले भनिन् , “प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह निर्वाचित भएका छन , त्यसैगरी ३२ वटै वडामा नेपाली कांग्रेस, नेकपा ९एमाले र नेकपा ९एकीकृत समाजवादीका तर्फबाट विजय भएको जनप्रतिनिधि सबैसँग सहकार्य गरेर नगर विकासमा लाग्ने हो ।” उनले जनताको लागि सेवक भई समग्र काठमाडौँ विकास आफ्नो प्राथमितामा रहेको उल्लेख गर्दै यसअघि पनि आफू सामाजिक काममै सक्रिय रहेकाले आगामी दिनमा नगरवासीले थपिदिएको जिम्मेवारी इमान्दारिताका साथ पूरागर्ने प्रतिबद्धता व्यक्त गरिन । नागरिकले दिएको हरेक मतलाई आफुलाई अठोट पूरा गर्ने बलियो सहारा बनाएको उनले बताइन् । 

प्रकाशित मिति: शुक्रबार, जेठ १३, २०७९  १३:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार