काठमाडौँलाई विश्वकै सुन्दर र उत्कृष्ट सहर बनाउँछु : नवनिर्वाचित प्रमुख बालेन्द्र साह

शुक्रबार, जेठ १३, २०७९

 

काठमाडौँ, १३ जेठ । काठमाडौँ महानगरपालिकाको नवनिर्वाचित प्रमुख बालेन्द्र साहले नगरबासीसँगको सहकार्यमा काठमाडौँलाई विश्वकै सुन्दर र उत्कृष्ट सहर बनाउने बताएका  छन् । राष्ट्रियसभा गृहमा आयोजना भएको निर्वाचन परिणाम घोषणा तथा बधाई ज्ञापन कार्यक्रममा प्रमुख साहले नागरिकको आशाअनुरुप सहरको मुहार फेर्ने बताएका  हुन्  । “आगामी पाँच वर्षमा निर्वाचनका समयमा नागरिक सामु गरिएको वाचालाई इमान्दारिताका साथ कार्यान्वयन गर्नेतर्फ लाग्नेछु”, उनले भने । 

बिहान ९ बजे काठमाडौँका मुख्य निर्वाचन अधिकृत राजकुमार खतिवडाले बधाई दिएसँगै उनले  आफ्नो समर्थकसँग विजय ¥यालीसहित सहर परिक्रमा गरेका  छन्  । सभागृहबाट सुरु भएको ¥याली भद्रकाली, त्रिपुरेश्वर, माइतीघर बबरमहल, बिजुलीबजार, युएनपार्क, शान्तिनगर, तीनकुने, कोटेश्वर, जडीबुटी, पेप्सीकोला हुँदै पुनःतीनकुने हँुदै सिनामङ्गल, एयरपोर्ट, तीलगङ्गा, गौशाला, चाबहिल, महाराजगञ्ज, सामाखुसी, नयाँ बसपार्क, बालाजु, स्वयम्भु, सीतापाइला, कलङ्की, बल्खु, कुलेश्वर, कालीमाटी टेकु, त्रिपुरेश्वर र सुन्धारा हँुदै खुलामञ्च पुगेर धन्यवादसभामा परिणत हुनेछ ।  रासस  
 

 

प्रकाशित मिति: शुक्रबार, जेठ १३, २०७९  ११:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार