दुई स्वतन्त्र उम्मेदवारको मत शून्य

शुक्रबार, जेठ १३, २०७९

बनियानी, १३ जेठ । स्थानीय तह निर्वाचन–२०७९ मा झापामा दुई नगरप्रमुखका उम्मेदवारले शून्य मत पाएका छन् । जिल्ला गौरादहमा नगरप्रमुखमा उम्मेदवारी दिनुभएका इन्द्रबहादुर विष्ट र चन्द्रप्रसाद उप्रेतीको मत शून्य रहेको निर्वाचन आयोगले जनाएको छ । यस्तै ११ नगरप्रमुख–अध्यक्षका आकाङ्क्षीले एकदेखि नौ मतमात्र पाएका छन् । कमल गाउँपालिकामा स्वतन्त्रतर्फका अध्यक्षका उम्मेदवार भीमकुमार राईले एक मतमात्र पाएका छन् । त्यस्तै शिवसताक्षी योगमणि अधिकारी ९स्वतन्त्र०ले चार मत, गौरादह राधिका धमला ९स्वतन्त्र०ले सात मत, बिर्तामोड अञ्चल धिमाल ९नेपाल लोकतान्त्रिक पार्टी०ले छ मत, कमलका नारायणप्रसाद रिजाल ९मौलिक जरोकिलो पार्टी०ले आठ मत, दमकका देउकुमार राई ९किराँत खम्बूवान साझा पार्टी०ले नौ मत, दमकका कृष्ण राया ९लोकतान्त्रिक समाजवादी पार्टी नेपाल०ले छ मत, दमकका नेत्रजङ्ग थापा ९स्वतन्त्र०ले छ मत, दमकका नीलकण्ठ सापकोटा ९स्वतन्त्र० पाँच मत र दमककै कृष्ण खनाल ९स्वतन्त्र०ले तीन मत पाएका छन् ।

त्यस्तै गौरीगञ्ज–२ बाट वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिनुभएका गणेशबहादुर कार्की र शिवसताक्षी–७ बाट राष्ट्रिय जनमुक्ति पार्टीको तर्फबाट वडाध्यक्षमा उम्मेदवारी दिनुभएका दिलबहादुर लिम्बूले एक–एक मत पाएका छन ।  जिल्लामा ९६१उम्मेदवारको जमानत जफत भएको छ । जिल्लामा विभिन्न पदमा गरी दुई हजार ७८६ जनाले उम्मेदवारी दर्ता गराएका थिए। तीमध्ये प्रमुख–अध्यक्षमा ८३, उपप्रमुख–उपाध्यक्षमा ५७, वडाध्यक्षमा २९१ र महिला, दलित, खुला सदस्य गरी ५३० जनाको धरौटी रकम जफत भएको जिल्ला निर्वाचन कार्यालय झापाका सूचना अधिकारी प्रकाश न्यौपाने जानकारी दिए। 

प्रकाशित मिति: शुक्रबार, जेठ १३, २०७९  १०:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार