बालेन शाह काठमाडौं महानगरको प्रमुखमा निर्वाचित, दलहरुलाई ठूलो चुनौति 

शुक्रबार, जेठ १३, २०७९

काठमाडौं, १३ जेठ । काठमाडौं महानगरपालिकाको मेयरमा बालेन्द्र साह (बालेन) निर्वाचित भएका छन् । स्वतन्त्र उम्मेदवार साह ६१ हजार ७६७ मत ल्याउँदै काठमाडौं महानगरको मेयरमा निर्वाचित भएका हुन् । साहका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३८ हजार ३४१ मत ल्याइन् । नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३८ हजार ११७ मत ल्याए । उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोल विजयी भइन् । उनले ६८ हजार ६१२ मत ल्याउँदा निकटम प्रतिद्वन्द्वी नेकपा समाजवादीका रामेश्वर श्रेष्ठले २३ हजार ८०६ मत ल्याए । देशकै राजधानी काठमाडौं महानगरको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेनको यो जितले दलहरुलाई ठूलो चुनौति दिएको छ । राजनीतिक दलले उम्मेदवार उठाउँदैमा कार्यकर्ताले मत दिदैनन् भन्ने कुरा यो नजिताले स्पष्ट पारेको छ । जनताले गफका भरमा मत नदिने स्पष्ट सन्देश दिएका छन् ।
 

प्रकाशित मिति: शुक्रबार, जेठ १३, २०७९  ०५:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार