काठमाडौं महानगरका दुई वडाको आयो नतिजा

वडा नं १५ मा नेकपा एस र १६ मा काँग्रेसज विजयी
बिहीबार, जेठ १२, २०७९

काठमाडौँ, १२ जेठ । काठमाडौँ महानगरपालिका– १६ को अध्यक्षमा नेपाली कांग्रेसका मुकुन्द रिजाल विजयी भएको छन ।  गत वैशाख ३० गते सम्पन्न मतदानको केहीबेर अगाडि सम्पन्न मतगणनामा रिजालले चार हजार १९ मत प्राप्त गरी दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा विजयी भएको हुन् । उनी यसअघि पनि सोही वडाको अध्यक्ष थिए ।

उनका प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार लक्ष्मी तुलाधरले तीन हजार ३१० मत प्राप्त गरे। यस्तै चार सदस्यमा भने नेकपा (एमाले) का उम्मेदवार विजयी भएको छन् । उक्त वडामा १२ हजार ३०८ मत खसेको थियो । काठमाडौँ–१६ मा सोह्रखुट्टे, वनस्थली, बालाजु, म्हैपी, माछापोखरीलगायतका क्षेत्र पर्दछन् । वडा अध्यक्ष विजयी रिजाल नेपाली कांग्रेस क्षेत्र नं ७ को क्षेत्रीय सभापतिसमेत हुन् । 

कामपा–१५ को अध्यक्षमा एकीकृत समाजवादीका ईश्वरमान डङ्गोल विजयी

काठमाडौँ महानगरपालिका वडा नं १५ को वडाध्यक्षमा नेकपा ९एकीकृत समाजवादी०का उम्मेदवार ईश्वरमान डङ्गोल विजयी भएका छन् ।  गत वैशाख ३० गते सम्पन्न मतदानको केहीबेर अगाडि सम्पन्न मतगणनामा डङ्गोल तीन हजार ४७६ मत प्राप्त गरी दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा विजयी भएका हुन् । उनी यसअघि पनि सोही वडाको अध्यक्ष थिए ।  
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार जीवन डङ्गोलले एक हजार ५७२ मत प्राप्त गरे । यस्तै चार सदस्यमा पनि नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार विजयी भएका छन् । वडासदस्य खुलामा विजु श्रेष्ठ र अवसरा केसी, महिला सदस्यमा मैयालक्ष्मी महर्जन र दलित महिला सदस्यमा रीता मिजार विजयी भएका छन् । डङ्गोल वडाध्यक्ष निर्वाचित भएसँगै एकीकृत समाजवादीले काठमाडौँ महानगरपालिकामा एक वडाध्यक्ष जितेको छ । काठमाडौँ–१५ मा माल्चाटार, स्वयम्भू, गीतामाता, विजेश्वरी, शोभाभगवतीलगायतका क्षेत्र पर्दछन् । 
 

प्रकाशित मिति: बिहीबार, जेठ १२, २०७९  १५:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार