फ्रेन्च ओपन: राडुकानु बाहिरिइन्

बुधबार, जेठ ११, २०७९
Global Ime Bank

काठमाडौं, ११ जेठ । दोस्रो चरणमा एलेकसान्डा सास्नोभिचसँग पराजित भएसँगै इम्मा राडुकानु फ्रेन्च ओपन ग्रान्डस्लामबाट बाहिरिएकी छिन् । बुधबार भएको खेलमा विश्व वरीयताको १२औं स्थानकी राडुकानु बेलारुसकी सास्नोभिचविरुद्ध पहिलो सेटमा जित निकाले पनि त्यसपछिको दुई सेटमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिइन् । राडुकानु वरीयताको ४७औं स्थानमा रहेकी सास्नोभिचसँग ६–३ १–६ १–६ को सेटमा पराजित भइन् । राडुकानुको चुनौती पन्छाएसँगै सास्नोभिचले तेस्रो चरणमा एन्जेलिक कार्वेर र एल्सा ज्याक्युमोटबीचको विजेतासँग खेल्नेछिन् ।

प्रकाशित मिति: बुधबार, जेठ ११, २०७९  १८:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार