तुलसीपुर उपमहानगरमा एमाले विजयी

बुधबार, जेठ ११, २०७९

दाङ, ११ जेठ ।  तुलसीपुर उपमहानगरपालिकामा गठबन्धनलाई हराउँदै नेकपा एमाले विजयी भएको छ । नगरप्रमुखमा टीकाराम खड्का र उपप्रमुखमा स्यानी चौधरी विजयी भएको हृन्   । खड्का निकटतम प्रतिस्पर्धी गठबन्धनतर्फबाट उम्मेदवार नेपाली कांग्रेसका गेहेन्द्र गिरीलाई तीन हजार ६९१ मतान्तरले पछि पार्दै विजयी  भए  । 

 खड्काले ३१ हजार ४०८ मत प्राप्त गर्का थिए   भने गिरीले २७ हजार ७१७ मत प्राप्त गरेको  निर्वाचन अधिकृतको कार्यालय तुलसीपुरका प्रमुख राजेश्वर अर्यालले बताए  । त्यस्तै उपप्रमुखमा चौधरी निकटतम प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका जोगबहादुर रानालाई नौ हजार ५३२ मत पछि पार्दै विजयी  भएका  छन् ्  । चौधरीले ३० हजार ५९७ मत ल्याएका  थिए  भने रानाले २१ हजार ६५ मत पाएका  थिए  । तुलसीपुर उपमहानगरपालिकामा यसअघि पनि एमालेले नै जितेको थियो । तुलसीपुरमा एक लाख एक हजार ४६० मतदाता रहेकामा ७४ हजार ३३६ मत खसेको थियो । 


 

प्रकाशित मिति: बुधबार, जेठ ११, २०७९  १७:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार