जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

बुधबार, जेठ ११, २०७९

काठमाडौं, ११ जेठ ।  भक्तपुर र झापाबाट जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ ।भक्तपुरको सूर्यविनायक नगरपालिका–६ स्थित सूर्यविनायक होमस्टे रिसोर्टमा तास खेलिरहेको अवस्थामा ७ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ९७ हजार ५ सय रूपैयाँ र ७ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

 झापाको बिर्तामोड नगरपालिका–५ बस्ने ३८ वर्षीय डाल कुमार राईको घरमा जुवातास खेलिरहेको अवस्थामा ५ जनालाई मंमगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बसपार्क र ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीलेउनीहरूलाई नगद १ लाख ७४ हजार ७ सय ३५ रूपैयाँ, ३ बुक तास र कौडा १५ थान सहित फेला पारी पक्राउ गरेको हो । 

प्रकाशित मिति: बुधबार, जेठ ११, २०७९  १३:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार