काठमाडौं महानगरका ५ वटा वडाको मत सार्वजनिक नहुँदै मेयरमा बालेन साह निर्वाचित

२७ वटा वडाको मतगणना सकियो, माओवादी निल 
बुधबार, जेठ ११, २०७९

काठमाडौं, ११ जेठ ।  काठमाडौं महानगरपालिकाका ५ वटा वडाको मत गणना जारी रहँदाकै अवस्थामा मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साह विजयी भएका छन् । अब गन्न बाँकी मतभन्दा निकटतम प्रतिस्पर्धी उम्मेदवारसँग उनको मतान्तर बढी भएपछि बालेनको जित सुनिश्चित भएको हो । 
निर्वाचन आयोगको सार्वजनिक गरेको मत परिणाम अनुसार बालेनले ५५ हजार ७४७ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना श्रेष्ठले ३५ हजार ३७१ मत प्राप्त गरेकी छन् ।  बालेन र निकटतम प्रतिस्पर्धी सिर्जनाबीचको मतान्तर २० हजार ३७६ रहेको छ । काठमाडौं महानगरमा अब गणना गर्न १९ हजार ३२३ बाँकी रहेको छ । मतगणनामा बाँकी रहेको मतमध्ये एक मत पनि बालेनको पक्षमा नआए पनि नतिजामा फरक पर्ने छैन । 
हालसम्मको मतगणनाअनुसार एमालेका उम्मेदवार केशव स्थापितले ३४ हजार ६२६ मत प्राप्त गरेका छन् । स्थापितको भन्दा बालेनले २१ हजार १२१ बढी मत पाएका छन् । अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले १० हजार ३२२ मत प्राप्त गरेका छन् । 
गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकामा १ लाख ९१ हजार १२५ मत खसेको थियो । 

काठमाडौं महानगरपालिकाको ३२ वडामध्ये २७ वटाको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ । मतगणना सकिएका २७ वडामध्ये १६ वटामा नेपाली कांग्रेस र ११ वटामा नेकपा एमालेले जित निकालेको छ । काठमाडौं महानगरपालिकाको कुनै पनि वडामा हालसम्म नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले जित निकाल्न सकेका छैनन् । 
निर्वाचन आयोगको पछिल्लो अपडेटअनुसार अहिले काठमाडौं महानगरको वडा नं। १३, १४, १५, १६ र १७ गरी पाँच वटा वडाको मतगणना भइरहेको छ । यी पाँच वर्ट वडामा पनि कांग्रेस र एमालेका उम्मेदवारहरुको अग्रता रहेको छ । हालसम्म मतगणना सम्पन्न भएका काठमाडौं महानगरका वडाहरुमा १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, १२, १८, १९, २०, २१, २२, २३, २४, २५, २६, २७, २८, २९, ३०, ३१ र ३२ रहेका छन् । 
मतगणना सम्पन्न भएका वडाहरुमध्ये ६, ७, ८, ९, १०, ११, १२, १९, २०, २४, २५, २६, २७, २८, २९ र ३० को वडा अध्यक्ष कांग्रेसका उम्मेदवारले जितेका छन् । काठमाडौं महानगरको वडा नं।१, २, ३, ४, ५, १८, २१, २२, २३, ३१ र ३२ को वडा अध्यक्षम एमालेका उम्मेदवार विजयी बनेका छन् । 

प्रकाशित मिति: बुधबार, जेठ ११, २०७९  १२:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार