तनहुँमा बसको ठक्करबाट स्कुटरमा सवार एक जनाको मृत्यु 

मंगलबार, जेठ १०, २०७९

 

तनहुँ, १० जेठ । तनहुँको व्यास नगरपालिका–५ तल्लो गुणादीमा ना.४ ख ८४४५ नम्बरको बसले ग.२० प ६३३६ नम्बरको स्कुटरलाई मंगलबार दिउँसो ठक्कर दिँदा एक कजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटरमा सवार भिमाद नगरपालिका–२ बस्ने ४० वर्षीया पवित्रा थापा रहेका छन् ।  बसको ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल दमौलीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका स्कुटर चालक सोही ठाउँ बस्ने २० वर्षीय सुसिर थापालाई सोही अस्पताल हुँदै थप उपचारको लागि पोखरातर्फ लगिएको छ । प्रहरीले बस चालकलाई नियन्त्रणमा लिनुका साथै दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ १०, २०७९  १८:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार