नीति तथा कार्यक्रम सकारात्मक : भट्टराई

मंगलबार, जेठ १०, २०७९

काठमाडौं, १० जेठ । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले सरकारको नीति तथा कार्यक्रम सकारात्मक भएको टिप्पणी गरेका छन् ।मंगलबार सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि संघीय संसद् भवनमा प्रतिक्रिया दिँदै भट्टराईले नीति तथा कार्यक्रममा सुधारको संकेत गरिएको बताए ।'आर्थिक विकास र समृद्धिलाई केन्द्रमा राखिएको छ। तर मेरो विचारमा सामान्य सुधारले पुग्दैन', उनले भने, 'सुधारात्मक कुरा सकारात्मक छन्। तर पर्याप्त छैन ।'

 


PreviousNext

प्रकाशित मिति: मंगलबार, जेठ १०, २०७९  १८:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार