यु–२० फुटबलः नेपाल औषत समूहमा 

मंगलबार, जेठ १०, २०७९
Global Ime Bank

काठमाडौं, १० जेठ ।  एएफसी यु–२० एसियन कप–२०२३ छनोट प्रतियोगितामा नेपाल समूह ‘बी’ मा परेको छ । एसियाली फुटबल महासंघ (एएफसी)ले मंगलबार सार्वजनिक गरेको समूहमा नेपालले औषत प्रतिद्वन्द्धी पाएको हो । नेपालको समूहमा कतार, बहराइन, बंगलादेश र भुटान रहेका छन् । बहराइनमा हुने प्रतियोगिता २५ भदौबाट सुरु भइ २ असोजसम्म हुनेछ । 

पहिलो खेल नेपालले २५ भदौमा भुटानविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।  २७ भदौमा कतारसँग खेल्दा २९ भदौमा आयोजक राष्ट्र वहराइनसँग खेल्ने तालिका छ ।यस्तै, अन्तिम खेलमा नेपालले २ असोजमा बंगलादेशको चुनौती पेश गर्नेछ । समूहको शीर्ष टिम सिँधै फाइनल चरणमा प्रवेश पाउनेछ । यस्तै दोस्रोको भने सम्भावना रहनेछ । 
 

प्रकाशित मिति: मंगलबार, जेठ १०, २०७९  १६:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार