ललितपुरमा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

मंगलबार, जेठ १०, २०७९

ललितपुर, १० जेठ ।  ललितपुरको महालक्ष्मी नगरपालिका–७ चाँगाथली बस्ने ४७ वर्षीय बिष्णु बस्नेतको घरमा जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

उनको घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त सातदोवाटो ललितपुरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।  उनीहरुको साथबाट नगद १ लाख ६९ हजार २५ रूपैयाँ र ५८ बुक तास बरामद गरिएको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित मिति: मंगलबार, जेठ १०, २०७९  १६:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार