सर्लाहीमा २३७ केजी गाँजासहित ६ जना पक्राउ 

मंगलबार, जेठ १०, २०७९

सर्लाही, १० जेठ । सर्लाहीको लालबन्दी नगरपालिका–१३ पत्थरकोटबाट २ सय ३७ केजी अवैध लागूऔषध गाँजा सहित ६ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा लालबन्दी नगरपालिका–१३ पत्थरकोट बस्ने ३८ वर्षीय कान्छा मान थिङ, उनकै छोरा १९ वर्षीय बिशाल थिङ र १८ वर्षीय किशोर, सोही नगरपालिका–१४ मोटर दोभान बस्ने २१ वर्षीय राज बम्जन, सोही नगरपालिका–१३ बस्ने  १७ वर्षीय किशोर र सोही नगरपालिका–१३ बस्ने २० वर्षीय सुनिल दोङ रहेका छन् ।  बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले कान्छा मानको घर तलासी गर्दा उक्त गाँजा भेटिएको हो । 

प्रकाशित मिति: मंगलबार, जेठ १०, २०७९  १५:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार