आईपीएलः फाइनल प्रवेशका लागि गुजरात र राजस्थान आज खेल्दै

मंगलबार, जेठ १०, २०७९
Global Ime Bank

काठमाडौं, १० जेठ । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२  टी–२० क्रिकेट प्रतियोगिताको पहिलो क्वालिफायर खेल आज (मंगलबार) हुँदैछ। पहिलो क्वालिफायर नेपाली समयअनुसार राति पौने ८ बजे गुजरात टाइटन्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । खेल कोलकत्तामा हुनेछ । 

यस खेलको विजेता सिँधै फाइनल पुग्नेछन् । पराजित टोलीले इलिमिनेटरको विजेतासँग फाइनल प्रवेशको लागि मौका पाउँनेछ । नवप्रवेशी गुजरात २० अंकसहित शीर्षस्थानमा रहेर प्लेअफ पुगेको थियो । १८ अंकसहित राजस्थान दोस्रो स्थानमा छ ।  

लिग चरणको भेटमा गुजरातले राजस्थानलाई ३७ रनले हराएको थियो । दोस्रो क्वालिफायरमा लखनउ सुपर जायन्ट र रोयल च्यालेन्जर्स बैंगरोलबीच भोलि प्रतिस्पर्धा हुनेछ । 

प्रकाशित मिति: मंगलबार, जेठ १०, २०७९  १४:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार