दोलखामा टिपरको ठक्करबाट वृद्धको मृत्यु 

मंगलबार, जेठ १०, २०७९

दोलखा, १० जेठ । दोलखाको गौरीशंकर गाउँपालिका–७ खानिगाउँमा हिजो साँझ टिपरको ठक्करबाट एक बृद्धको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ७० वर्षीय लाल बहादुर बि.क. रहेका छन् ।गुरुम्फिबाट खानिगाउँतर्फ जाँदै गरेको बा ५ ख ३११७ नम्बरको टिपरले पैदलयात्री बृद्धलाई हिजो साँझ ५ बजे ठक्कर दिएको थियो । टिपर चालक फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय गौरीशंकरले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ १०, २०७९  ११:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार