भरतपुरमा रेनु दाहालले कटाइन् ४७ हजार मत

सोमबार, जेठ ९, २०७९

चितवन, ९ वैशाख । भरतपुर महानगरपालिकाको पछिल्लो मतगणनाअनुसार रेनु दाहालले ४७ हजार मत कटाएकी छन् । १ लाख १६ हजार ६६६ मतगणना हुँदा रेनुले ४७ हजार ४० मत ल्याएकी छन् ।पछिल्लो अपडेट अनुसार उनी ११ हजारभन्दा बढी मतले अघि छिन् । उनका प्रतिद्वन्द्वी एमालेका मेयर उम्मेदवार विजय सुवेदीले ३५ हजार ५८३ मत ल्याएका छन् । नेपाली कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेल १४  हजार २६३ मतका साथ चुनावी प्रतिस्पर्धामा छन् ।

 

प्रकाशित मिति: सोमबार, जेठ ९, २०७९  २१:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार