वृद्धवृद्धा,असहाय र सुत्केरीलाई नि : शुल्क एम्बुलेन्स सेवा  दिन्छु: कृष्णमान  लामा 

सोमबार, जेठ ९, २०७९

ललितपुर ९ बैशाख । स्थानीय तहको निर्वाचनमा  ललितपुरको कोञ्ज्योसोम गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित कृष्णमान लामाले गाउँपालिका भित्रका ७० वर्ष माथिका वृद्धवृद्धा,असहाय,अशक्त र सुत्केरी महिलालाई नि:शुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने घोषणा गरेका छन् । सोमबार गाउँपालिकाको  कार्यालय स्थित आफ्नो कार्यकक्षमा पदवाहाली गर्दै लामाले पहिलो निर्णयको रुपमा उक्त घोषणा गरेका हुन् ।
उनले  प्रत्येक वडाको सिफारिसमा गाउँपालिकाबासी वृद्धवृद्धा,अशक्त र सुत्केरी बिरामीलाई काठमाडौँ उपत्यकाभित्रका अस्पतालमा ल्याउन-लानको लागि गाउँपालिकाले नि:शुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने बताए  । सो अवसरमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेक बहादुर बुढाथापा लगायत कर्मचारीहरूले अध्यक्ष कृष्णमान लामा,उपाध्यक्ष राजनप्रसाद घिमिरे तथा सबै वडाध्यक्ष र सदस्यहरुलाई स्वागत गरेका थिए भने उपाध्यक्ष घिमिरेसहित वडाध्यक्ष र सदस्यहरुलाई अध्यक्ष कृष्णमान लामाले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए । अध्यक्ष लामाले गत जेठ ६ गते शुक्रबार नै जिल्ला न्यायाधीश बाट शपथ ग्रहण गरिसकेका छन् ।
 

प्रकाशित मिति: सोमबार, जेठ ९, २०७९  १३:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार