माओवादीले जित्यो १२० पालिका प्रमुख 

सोमबार, जेठ ९, २०७९

काठमाडौं, ९ जेठ : नेकपा (माओवादी केन्द्र)ले हालसम्म १२० वटा पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ । मतगणना सम्पन्न भएको ७२९ पालिकामध्ये माओवादीका उम्मेदवारले उक्त संख्यामा पालिकाको प्रमुख तथा अध्यक्षमा जित निकालेका हुन् ।  निर्वाचन आयोगका अनुसार अब २४ वटा पालिकाको अन्तिम मत परिणाम आउन बाँकी रहेको छ । मतगणना जारी रहेका पालिकामध्ये २ वटामा माओवादीका उम्मेदवारको अग्रता रहेको छ । आयोगले गत वैशाख ३० गते एकसाथ देशका सबै ७५३ वटै स्थानीय तहमा निर्वाचन गरेको थियो । 

प्रकाशित मिति: सोमबार, जेठ ९, २०७९  १२:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार