मोरङको सुन्दर हरैँचा नगरपालिकामा गठबन्धनलाई हराउँदै एमाले विजयी

सोमबार, जेठ ९, २०७९

विराटनगर, ९ जेठ : मोरङको सुन्दर हरैँचा नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धनलाई हराउँदै केदारप्रसाद गुरागाईं मेयर र अकली चौधरी उपमेयरमा निर्वाचित भएका हुन् । गुरागाईँले निवर्तमान मेयरसमेत रहेका कांग्रेसका शिवप्रसाद ढकाललाई हराएका हुन्। गुरागाईंले २१ हजार ४ सय ५ मत ल्याउँदा ढकालले २० हजार ६ सय ७८ मत पाए । उपमेयरमा चौधरी २२ हजार ४ सय ५२ मतसहित विजयी भएकी हुन् । निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका नवराज चापागाईंले ११ हजार ३ सय मत ल्याए ।

प्रकाशित मिति: सोमबार, जेठ ९, २०७९  १२:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार