३२० पालिका प्रमुखमा कांग्रेसको जित 

सोमबार, जेठ ९, २०७९

काठमाडौं, ९ जेठ । नेपाली कांग्रेसले हालसम्म ३२० वटा पालिकाको प्रमुख तथा अध्यक्षमा जित निकालेको छ ।  देशका ७२९ वटा पालिकाको मतगणना सम्पन्न हुँदा कांग्रेसका उम्मेदवारले ३२० वटा पालिका प्रमुख तथा अध्यक्ष पद जितेका हुन् ।  निर्वाचन आयोगले गत वैशाख ३० गते एकसाथ देशका सबै ७५३ वटै पालिकामा निर्वाचन गरेको थियो ।  आयोगका अनुसार अहिले २४ वटा पालिकाको मतगणना भइरहेको छ । मतगणना भइरहेका पालिकामध्ये ६ वटाको प्रमुख तथा अध्यक्षमा कांग्रेसका उम्मेदवारको अग्रता रहेको छ ।  

प्रकाशित मिति: सोमबार, जेठ ९, २०७९  ११:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार