बार्सिलोना अन्तिम खेलमा घरेलु मैदानमै पराजित

सोमबार, जेठ ९, २०७९
Global Ime Bank

काठमाडौं, ९ जेठ । स्पेनिस ला लिगा फुटबलको अन्तिम खेलमा बार्सिलोना घरेलु मैदानमै भियारियालसँग २-० ले पराजित भएको छ । घरेलु मैदान क्याम्प नोउमा जितसहित सिजनको सुखद अन्त्य गर्ने बार्सिलोनाको लक्ष्यमा भियारियालका अल्फान्सो पेडराजा र मोइ गोमेजको गोल बाधक बन्यो । दोस्रो स्थानको बार्सिलोनाले ३८ खेलमा ७३ अंक जोड्दा सातौ स्थानको भियारियालको भने समान खेलमा ५९ अंक रहयाे । बार्सिलोनाले  ला लिगा च्याम्पियन रियाल मड्रिड भन्दा १३ अंकले पछि रहँदै सिजनको अन्त्य गरेको हो । बार्सिलोनाले सिजनको खराब सुरुवातका बाबजुद दोस्रो स्थानमा बस्दै च्याम्पियन्स लिगको टिकट पक्का गरिसकेको थियो । बार्सिलोनामाथिको जितपछि भियारियालले भने क्याम्प नोउमा लगातार १० हारको शृंखलामा पूर्णबिराम लगाएको छ । त्यस्तै, एट्लेटिको मड्रिडले सिजनको सुखद अन्त्य गर्ने क्रममा रियाल सोसिडाडलई २-१ ले हरायो । सेभियाले पनि सिजनको सुखद अन्त्य गर्ने क्रममा एथ्लेटिक  बिल्बाओलाई १-० ले पराजित गर्‍याे ।

प्रकाशित मिति: सोमबार, जेठ ९, २०७९  ११:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार