शिवसताक्षीमा एमाले निर्वाचित

सोमबार, जेठ ९, २०७९

झापा, ९ जेठ । शिवसताक्षी नगरपालिकाको प्रमुख पदमा नेकपा (एमाले)का मेघहाङ्ग थोप्राले १६ हजार ४९८ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पर्शुराम ढुङ्गानाले १३ हजार ५० मत ल्याई पराजित भए । 
उपमेयरमा एमालेकी नरमाया कार्कीले १४ हजार १५५ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उनका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का महेन्द्र भट्टराईले नौ हजार ५२५ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

मोरङको सुन्दरहरैचामा एमाले विजयी

मोरङको सुन्दरहरैचा नगरपालिकाको प्रमुख पदमा नेकपा (एमाले)का केदारप्रसाद गुरागाईँ २१ हजार ४०५ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका शिवप्रसाद ढकालले २० हजार ६७८ मत प्राप्त गरे ।
गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचन अन्तर्गत उपप्रमुखमा एमालेकी अकली चौधरी २२ हजार ४५२ मत प्राप्त गरी विजयी भएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का नवराज चापागाँई ११ हजार ३०० मत प्राप्त गरे । 
सो गाउँपालिकाको दश वडामध्ये नेपाली कांग्रेसका छ नेकपा (एमाले)का तीन, एक वडामा स्वतन्त्र उम्मेदवारले वडाध्यक्ष पदमा जित हासिल गरेका छन् । मोरङको १७ वटै पालिकाको निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भइसकेको प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, जेठ ९, २०७९  ११:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार