सिरी `ए´ को उपाधि एसी मिलानलाई

सोमबार, जेठ ९, २०७९
Global Ime Bank


काठमाडौं, ९ जेठ : अन्तिम खेलमा सासोउलोलाई ३-० अन्तरले पराजित गर्दै एसी मिलानले इटालियन सिरी ए फुटबलको उपाधि जितेको छ । आइतबार रातिको जितसँगै मिलानले ११ वर्षपछि लिगको उपाधि जितेको हो । यस्तै मिलानले सिरी ए को उपाधि १९ औं पटक जित्यो ।

मिलानको जितमा ओलिभर जिरुडले दुई गोल गरे । यस्तै फ्रान्क केस्सीले एक गोल गरे । जितसँगै मिलानले ३८ खेलबाट ८६ अंक जोड्दै शीर्ष स्थानमा रह्यो । सासोउलो ५० अंक जोडेर ११ औं स्थानमा छ ।

प्रकाशित मिति: सोमबार, जेठ ९, २०७९  ११:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार