भरतपुरमा गठबन्धनका उम्मेदवार जित नजिक

सोमबार, जेठ ९, २०७९

चितवन, ९ जेठ   ।  भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनका प्रमुख र उपप्रमुखका उम्मेदवार जित नजिक पुगेको  छ ।     मतगणना अन्तिम चरणमा पुग्दै गर्दा नेकपा  माओवादी केन्द्रका प्रमुख पदका उम्मेदवार रेनु दाहाल र नेपाली कांग्रेसका उपप्रमुख   चित्रसेन अधिकारी जित नजिक पुगेका हुन्  ।  अब महानगरमा  २१ हजार ६१४ मत गन्न बाँकी छ । महानगरमा एक लाख २७ हजार ८३९ मत खसेको थियो । आज बिहानसम्म एक लाख छ  हजार २२५ मत गणना भइसकेको छ ।

   प्रमुखमा माओवादी केन्द्रकी दाहाल नौ हजार ९३० र कांग्रेसका अधिकारी १८ हजार ३२५ मतले अगाडि  छन्  । प्रमुखमा दाहालले ४३ हजार ७४३, एमालेका विजय सुवेदीले ३३ हजार ८१३ मत ल्याएका छन्  । स्वतन्त्र उम्मेदवार जगन्नथ पौडेलले १३ हजार ३७७ मत पाए   । उपप्रमुखमा अधिकारीले ४५ हजार ७४, राप्रपाका हिमला गुरुङले २६ हजार ७४९ मत ल्याएका  छन्  ।    प्रमुखमा दाहाल र उपप्रमुखमा अधिकारी जित नजिक पुगेका छन्  । हाल वडा नम्बर २३ र २५ को मत गणना भइरहेको छ । महानगर पालिकामा २९  वडा छन् । यी दुई वडाको मत गणना पछि चार  वडा मात्र गणना गर्न बाँकी रहन्छ ।  महानगरपालिकामा जित नजिक पुगेकी  दाहाल यसअघिको महानगरको प्रमुख  थिइन.  । उनलाई कांग्रेससहित पाँच दलीय गठबन्धनको सहयोग रहेको छ । 

प्रकाशित मिति: सोमबार, जेठ ९, २०७९  ०८:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार