नेपाल र अफगानिस्तानबीचको खेल रद्द

आइतबार, जेठ ८, २०७९
Global Ime Bank

काठमाडौं, ८ जेठ । नेपाल राष्ट्रिय फुटबल टिम र अफगानिस्तानबीच हुने तय भएको मैत्रीपूर्ण खेल रद्द भएको छ ।  एन्फा महासचिव इन्द्रमान तुलाधरले  दुई अभ्यास खेल रद्द भएको पुष्टि गरे । ‘तय दुवै खेल रद्द भएको छ,’ उनले भने । 

यस अघि एन्फाले एएफसी कप–२०२३ अघि अफगानिस्तानसँग जेठ ११ र १५ गते खेल्ने तय भएको थियो । कतारको दोहामा हुने तय भएको खेल अफगानिस्तान टिम आउन नमान्दा रद्द भएको महासचिव तुलाधरले बताए । ‘अफगानिस्तान टिम कतार नआउँदा रद्द भएको हो,’ उनले भने ।

यद्यपि नेपाली टिम भने यसै हप्ता कतार भ्रमणमा निस्कने छ । कतारमा रहँदा नेपालले स्थानीय टोलीसँग खेल्नेछ । एएफसी कप छनोटमा जेठ अन्तिम साता नेपालले जोर्डन, इन्डोनेसिया र कुवेतसँग खेल्नेछ । प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले २३ सदस्यीय टोली घोषणा गरेका हुन् । जसमा कप्तान किरण कुमार लिम्बू सहित नियमित टोलीका १० खेलाडी बाहिर छन् । 

प्रकाशित मिति: आइतबार, जेठ ८, २०७९  १९:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार