लमजुङका ७५ वडामा एक जनामात्र दलित वडाध्यक्ष

आइतबार, जेठ ८, २०७९

लमजुङ, ८ जेठ : लमजुङको ८ स्थानीय तहमा एक जनामात्रै दलित उम्मेदवार निर्वाचित भएका छन् । जिल्लाको राइनास नगरपालिका ५ मा नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षमा शंखबहादुर सार्की निर्वाचित भएका हुन् । शंखबहादुरले ५ सय ९९ मत ल्याएर वडाध्यक्ष जिते । निकटतम प्रतिस्पर्धी नेकपा एमालेका रञ्जित कुमालले ३ सय ८५ मत ल्याए । राप्रपाका शिवराज पोख्रेलले १० मत प्राप्त गरे । 

वडाध्यक्षमा उठेका ७ जना दलित समुदायका उम्मेदवार भने वडाध्यक्ष पराजित भएका छन् । वडाको खुला सदस्यमा ५ जना निर्वाचित भएका छन् । दोर्दी गाउँपालिका ८ मा एमालेबाट पञ्चबहादुर बिक, वडा नम्बर ९ मा एमालेबाटै सुकदेव कामी, मध्यनेपाल नगरपालिका १० मा कांग्रेसबाट बुधमाया बिक, राइनास नगरपालिका ७ मा माओवादी केन्द्रबाट वीरबहादुर सार्की र सुन्दरबजार नगरपालिका ८ मा कांग्रेसबाट शेरसिंह कार्की वडा सदस्यमा निर्वाचित भएका छन् ।राइनास नगरपालिका ५ बाट वडाध्यक्षमा निर्वाचित ५७ वर्षीय शंखबहादुर सार्की १५ वर्षसम्म खाडी मुलुकमा बसेर ९ वर्षअघि नेपाल फर्केका थिए ।

प्रकाशित मिति: आइतबार, जेठ ८, २०७९  १८:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार