आयोगको नियमित पत्रकार भेटघाट स्थगित

आइतबार, जेठ ८, २०७९

काठमाडौँ, ८ । स्थानीय तह सदस्य निर्वाचन, २०७९ का सम्बन्धमा निर्वाचन आयोगमा आयोजना हुने नियमित पत्रकार भेटघाट नहुने भएको छ । स्थानीय तह निर्वाचनका सम्बन्धमा जानकारी दिन साताको सोमबार र बिहीबार हुँदै आएको पत्रकार भेटघाट भोलिदेखि नहुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए  । आयोगले गत फागुन १ गतेदेखि सोमबार र बिहीबार अपराह्न ४ बजे पत्रकार भेटघाट गर्दै आएको थियो । 
 

प्रकाशित मिति: आइतबार, जेठ ८, २०७९  १८:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार