कोहलपुरमा कांग्रेस विजयी

आइतबार, जेठ ८, २०७९

राँझा, ८ जेठ  । स्थानीय तह निर्वाचनअन्तर्गत कोहलपुर नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छ । कांग्रेसबाट उम्मेदवार बन्नुभएका युवा नेता पूर्ण आचार्यले १४ हजार १३४ मत प्राप्त गरी नगर प्रमुखमा विजयी भएका छन्  । 

    उपप्रमुखमा पनि कांग्रेसकै सङ्गीता सुवेदी विजयी भएकी छन्    निर्वाचन अधिकृत तीर्थराज भट्टले जानकारी दिए  । उनका अनुसार, प्रमुखमा आचार्यका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका खिलप्रसाद भुसालले १२ हजार २८५ मत प्राप्त  भने माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको तर्फबाट नगर प्रमुखको उम्मेदवार बनेका  माओवादी केन्द्रका उम्मेदवार नरेन्द्र न्यौपानले नौ हजार ७२५ मत प्राप्त गरेका  थिए  ।

    पन्ध्र वडा रहेको कोहलपुरमा कांग्रेसले वडा नं २, ४, ६, ८, १०, १२, १३, १४ र १५ गरी नौ वटा वडा जितेको छ । एमालेले वडा नं।३, ५, ७ र ११ नं वडामा विजयी हासिल गरेको छ भने माओवादी केन्द्रले वडा नं १ र ९ मा जित हासिल गरेको छ । रासस 

प्रकाशित मिति: आइतबार, जेठ ८, २०७९  १८:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार