धरान उपमहानगरमा स्वतन्त्र उम्मेदवार हर्क राई विजयी

आइतबार, जेठ ८, २०७९

धरान, ८ जेठ  । धरान उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार हर्कराज राई विजयी  भएका छन्  । चार हजार ७६२ मतान्तरसहित उनी  प्रमुखमा विजयी भएका हुन्  । स्वतन्त्र उम्मेदवार राईले २० हजार ८२१ मत पाउँदा उनका प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका किशोर राईले १६ हजार ५९ मत प्राप्त गरे  । उनी  लौरो चुनाव चिह्न लिएर चुनावी मैदानमा होमिएका  थिए  । 

    नेकपा एमालेका मञ्जु भण्डारी सुवेदीले १२ हजार ८२५ मत प्राप्त गरे  । प्रमुखमा विजयी राईले २०७५ सालको उपनिर्वाचनमा ४२२ मत प्राप्त गरेका  थिए  । उपप्रमुखमा गठबन्धनको तर्फबाट नेकपा ् माओवादी केन्द्रका अइन्द्र विक्रम बेघा २० हजार ५१० मतसहित निर्वाचित भएक  छन्  । प्रतिद्वन्द्वी नेकपा एमालेका पदमप्रसाद लिम्बूले १७ हजार ६०६ मत प्राप्त गरे  । 

    बीस वडा रहेको धरान उपमहानगरमा वडा नं १, ३, ९, ११, १६, १८ र २० मा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । वडा नं २, ४, ५, ७, ८, १०, १२, १३, १५, १७ र १९ मा एमाले, वडा नं ६ मा स्वतन्त्र तथा वडा नं १४ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार विजयी भएका छन् । 
 

प्रकाशित मिति: आइतबार, जेठ ८, २०७९  १८:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार