कुनै सुविधा नलिने दमक नगर प्रमुखको घोषणा

आइतबार, जेठ ८, २०७९

दमक, ८ जेठ  ।  झापाको दमक नगरपालिकामा निर्वाचित नगर प्रमुख रामकुमार थापाले नगरपालिकाबाट आफूले पाउने पारिश्रमिक लगायत कुनै पनि सेवा वा सुविधा नलिने घोषणा गरेका  छन  । निर्वाचन आयोगद्वारा  निर्वाचितहरुलाई  प्रमाणपत्र हस्तान्तरण कार्यक्रमपछि सञ्चारकर्मीसँग बोल्दै उनले जनप्रतिनिधि जनताको सेवक भएको प्रमाणित गर्न आफूले अनावश्यक सेवा वा सुविधा नलिने स्पष्ट पारे   ।

जनताको पक्षमा निस्वार्थ काम गर्नाका लागि आफूले कुनै सुविधा नलिने बताउँदै नगर प्रमुख थापाले जनताले तिरेको पैसाबाट आफूले चियासमेत नखाने र कसैलाई नखुवाउने पनि उल्लेख गरे  । दमकको समृद्धि र विकास गर्न आफनो एकमात्र ध्येय रहेको भन्दै उनले स्थानीय सरकारले हरदम जनताको पक्षमा काम गर्ने प्रतिबद्धता जनाए । 

राप्रपासहितको सत्तारुढ गठबन्धनबाट उनी  राप्रपाका तर्फबाट नगर प्रमुख र उपप्रमुखमा कांग्रेसकी रेगिना भट्टराई प्रसाइ्र  निर्वाचित भएक  थिए । दमकका १० वडामध्ये गठबन्धनले १,४ र १० जित्यो भने एमालेले अन्य ७ वटा वडामा जितेको थियो । रासस 
 

प्रकाशित मिति: आइतबार, जेठ ८, २०७९  १५:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार