पुनर्वास ८ का सबै पदमा स्वतन्त्र उम्मेदवार निर्वाचित

आइतबार, जेठ ८, २०७९

कञ्चनपुर, ८ जेठ : कञ्चनपुरको पुनर्वास नगरपालिका–८ मा सबै पदमा स्वतन्त्रका उम्मेदवार निर्वाचित भएका छन् । वडाध्यक्ष र वडा सदस्य पदमा स्वतन्त्रका उम्मेदवार निर्वाचित भएका हुन् ।

वडाध्यक्षमा श्रवण राना ८१८ मतसहित विजयी भएका छन । महिला सदस्यामा देवी कार्की ६३२, दलित महिला सदस्यमा लक्ष्मी सुनार ६७१, सदस्यमा दिपेश मल्ल ६६४ र दुलेराम राना ६१३ मत ल्याएर निर्वाचित भएका छन । उनिहरुले गुलाबको फूल चुनाव चिह्न लिएर चुनावमा भाग लिएका थिए ।  रासस 
 

प्रकाशित मिति: आइतबार, जेठ ८, २०७९  १५:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार