शुक्लाफाँटा नगरपालिकामा प्रमुख एमाले   विपयी

आइतबार, जेठ ८, २०७९

महेन्द्रनगर, ८ जेठ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा नेकपा  एमालेका उम्मेदवार रणबहादुर महरा प्रमुखमा निर्वाचित भएका छन्  । आज सम्पन्न मतगणना अनुसार नेपाली कांग्रेसका चिन्तामणि भट्टलाई पराजित गर्दै महरा नगरप्रमुखमा निर्वाचित भएका  छन्  ।

महराले छ हजार ७७३ मत प्राप्त गरे  भने उन का निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका भट्टले छ हजार २६४ मत प्राप्त गरेको  निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । नगरप्रमुखमा नेकपा माओवादी–एकीकृत समाजवादी गठबन्धनका उम्मेदवार नवराज ऐरले पाँच हजार २२५ मत प्राप्त गरेका  छन्  । शुक्लाफाँटाको नगर उपप्रमुखका नेपाली कांग्रेसका कल्पना जोशी पन्त निर्वाचित  भएकी छन्  । उनले  छ हजार ५१९ मत प्राप्त गरे  । भने  त्यसैगरी उप्रमुखमा नेकपा  एकीकृत समाजवादीका माधव पन्तले पाँच हजार ३६० र एमालेका उम्मेदवार मोनिका भण्डारी भट्टले पाँच हजार २३६ मत प्राप्त गरेका  छन.  । अघिल्लो निर्वाचनमा शुक्लाफाँटामा नगरप्रमुखमा नेपाली कांग्रेसका दिलबहादुर ऐर र उपप्रमुखमा एमालेका तुलसी हमाल निर्वाचित  भएको थिए  ।

नौ पालिका रहेको कञ्चनपुरमा हालसम्म तीन पालिकामा नेपाली कांग्रेस, तीनमा एमाले र एउटा पालिकामा माओवादी केन्द्र विजयी भएको छ । यहाँको भीमदत्त नगरपालिका र पुर्नवास नगरपालिकामा मतगणना जारी रहदा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिइरहेका छन् । रासस  
 

प्रकाशित मिति: आइतबार, जेठ ८, २०७९  १४:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार