वीरगञ्ज महानगरमा गठबन्धनको अग्रता कायमै

आइतबार, जेठ ८, २०७९
Global Ime Bank

वीरगञ्ज, ८ जेठ : पर्साको वीरगञ्ज महानगरपालिकाको पछिल्लो मतगणनाअनुसार नगरप्रमुख पदमा गठबन्धनका उम्मेदवार राजेशमान सिंहले ३२ हजार १५८ मतसहित अग्रतालाई निरन्तरता दिएका छन । स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत जारी मतगणनामा नेकपा (एमाले)का विजयकुमार सरावगी १६ हजार ८२२ मतसहित दोस्रो स्थानमा छन ।महानगरपालिकाका ३२ वडा मध्ये विभिन्न १५ वडाका ६५ हजार ५३३ मत मतगणना सम्पन्न भएको छ । मतणना गर्न लामो समय लाग्ने भएका कारण अन्तिम नतिजा आउन केही दिन लाग्ने छ ।

मधेस प्रदेशको एकमात्र महानगरपालिका नेतृत्वका लागि नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)बीच तालमेल बनाएर सिंहलाई उम्मेदवार बनाएको थियो भने नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीचको गठबन्धनबाट निवर्तमान नगरप्रमुख सरावगीलाई उम्मेदवार बनाएको थियो ।
––– 
 

प्रकाशित मिति: आइतबार, जेठ ८, २०७९  १२:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार