कृषि र उद्योगमा प्राथमिकता 

आइतबार, जेठ ८, २०७९
Global Ime Bank

रामपुर  ८ जेठ ।  रामपुर नगरपालिकाका नवनिर्वाचित रमणबहादुर थापाले नगरको आर्थिक समृद्धिका लागि कृषि र उद्योगलाई प्राथमिकता दिने  बताएका छन्  । नागरिकको आयस्तर वृद्धि गर्ने आधार कृषि र उद्योग भएकाले यस क्षेत्रलाई प्राथमिकतामा राखेर अबको पाँच वर्ष काम गर्ने उनको भनाइ छ । 

शनिबार सीताकुण्ड मिडिया प्रालिद्वारा बधाइ तथा शुभकामना आदान–प्रदानका लागि आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख थापाले कृषिजन्य वस्तुको उत्पादन वृद्धि गर्न सिँचाइ सुविधा नभएका ठाउँमा लिफ्टिङ प्रणालीमार्फत सिँचाइको व्यवस्था गर्ने जानकारी दिए । कृषि गर्ने युवालाई व्यवसायमा रु ३० लाखसम्म दुई वर्षका लागि ब्याज अनुदान, कृषक वर्गीकरण गरी सोका आधारमा बिनाधितो रु पाँच लाखसम्म अनुदान सहयोगजस्ता कार्यक्रमलाई प्राथमिकता दिइने उल्लेख गरे  । रासस 
  
 

प्रकाशित मिति: आइतबार, जेठ ८, २०७९  १२:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार