स्थानीय तह निर्वाचनमा एमालेकोभन्दा १२१ बढी पालिकामा कांग्रेसले निकाल्यो जित 

आइतबार, जेठ ८, २०७९

काठमाडौं, ८ जेठ  ।  स्थानीय तह निर्वाचनमा ७०३ पालिकाको मतगणना सम्पन्न हुँदा नेपाली कांग्रेसले नेकपा एमालेकोभन्दा १२१ बढी पालिकमा जित निकालेको छ । निर्वाचन आयोगका अनुसार हालसम्म मतगणना सकिएका पालिकामध्ये ३११ वटाको प्रमुख तथा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवारले जितेका छन् । 

नेपकाल एमालेले हालसम्म १९० वटा पाकिलाको प्रमुख तथा अध्यक्ष पद जितेको छ । मतगणना भइरहेका पालिकामध्ये १५ वटाको प्रमुख तथा अध्यक्षमा कांग्रेसका उम्मेदवारले अग्रता लिइरहेका छन् । निर्वाचन आयोगले गत वैशाख ३० गते एकसाथ देशका सबै ७५३ वटा पालिकामा निर्वाचन गरेको थियो । 

प्रकाशित मिति: आइतबार, जेठ ८, २०७९  ११:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार