बाराको महागढीमाई नगरपालिकामा पुन: कांग्रेस विजयी

आइतबार, जेठ ८, २०७९

बारा, ८ जेठ  ।  बाराको महागढीमाई नगरपालिकाको मेयरमा पुन: नेपाली कांग्रेसले जित हात परेको छ । २०७४ को स्थानीय निर्वाचनमा विजयी भएका नेपाली कांग्रेसका उपेन्द्रप्रसाद यादव (उपन यादव) र तारादेवी कानु  पुन: विजयी भएका छन् । यादवले १ हजार २ सय ९४ मतको फराकिलो मततन्तरले जित हासिल गरेका हुन । निवर्तमान मेयरसमेत रहेका यादवले ८६७० मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी जसपाको तर्फबाट मेयर उम्मेदवार रामबाबु यादवले ७,३७६ मत ल्याएका छन् ।

उपमेयरमा पुन: दाेहाेरिएकी तारादेवी कानुले ७,९९७ मत प्रात गरेकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी पुस्पान्जली देवीले ७,०१० मत पाइन् । कानुले निकटतम प्रतिद्वन्द्वी एमालेकी देवी भन्दा ९ सय ८७ मत बढी प्राप्त गरेर विजयी भएकी हुन् ।   Avatar

प्रकाशित मिति: आइतबार, जेठ ८, २०७९  ११:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार