बराहक्षेत्र नगरपालिका मेयरमा कांग्रेसका कार्की विजयी

आइतबार, जेठ ८, २०७९

सुनसरी, ८ जेठ  ।  सुनसरीको बराहक्षेत्र नगरपालिका नेपाली कांग्रेसका रमेश कार्की विजयी भएका छन् ।
उनी १९ हजार २९३ मत पाएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी एमालेका निलम खनालले १४ हजार १५४ मत पाए ।
उपमेयरमा एमालेकी नन्दकुमारी राई १५ हजार ७६६ मतसहित विजयी भइन् । उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका अमित गौतमले १० हजार ५४४ मत पाए । 

प्रकाशित मिति: आइतबार, जेठ ८, २०७९  ०९:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार