काठमाडौंमा बालेन्द्रलाई १७ हजार मतान्तरको अग्रता, स्थापित तेस्रोमा झरे

आइतबार, जेठ ८, २०७९

काठमाडौं, ८ जेठ ।  काठमाडौं महानगरपालिकामा एक लाख मत गणना सकिएको छ। अद्यावधिक विवरण अनुसार एक लाख ६ हजार ३५२ मतगणना हुँदा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह १७ हजार मतान्तरसहित अग्रता लिइरहेका छन् । एमालेका उम्मेदवार केशव स्थापित भने तेस्रोमा झरेका छन् ।साहले ३६ हजार २२६ मत पाउँदा कांग्रेस उम्मेदवार सिर्जना श्रेष्ठ ९सिंह० को मत १९ हजार ९१० रहेको छ भने स्थापित १९ हजार ८५० मतले पछ्याइरहेका छन् । 

प्रकाशित मिति: आइतबार, जेठ ८, २०७९  ०८:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार