भरतपुरमा गठबन्धनका उम्मेदवारको अग्रता कायमै

शनिबार, जेठ ७, २०७९

चितवन, ७ जेठ ।  भरतपुर महानगरपालिकामा गठबन्धनका उम्मेदवारले अग्रता कायमै राखेका छन् । असी हजार १० मत गणना हुँदा पाँच दलीय गठबन्धनले आफ्नो अग्रता कायमै राखेको हो ।
गणनाअनुसार गठबन्धनबाट महानगर प्रमुखको उम्मेदवार बनेकी नेकपा (माओवादी केन्द्र) की रेनु दाहालले छ हजार ५७० मतले अग्रता लिएकी छन् भने उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले १४ हजार ४८३ मतले अग्रता लिएका छन् । दाहालले ३१ हजार २४३  मत प्राप्त गर्दा नेकपा ९एमाले०का विजय सुवेदीले २४ हजार ६७३ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ११ हजार तीन मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार उपप्रमुखमा अधिकारीले ३३ हजार ६५३ मत प्राप्त गर्दा राप्रपाकी हिमला गुरुङले १९ हजार १७० मत प्राप्त गर्नुभएको छ । भरतपुरमा हालसम्म वडा नं १६ सम्मको गणना सम्पन्न भइसकेको छ ।  महानगरमा एक लाख २७ हजार ८३१ मत खसेको थियो । यस पालिकामा २९ वडा रहेका छन् ।

 

प्रकाशित मिति: शनिबार, जेठ ७, २०७९  २१:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार