काठमाडौं महानगरले सार्वजनिक बिदाको दिनमा पनि सेवा दिने

शनिबार, जेठ ७, २०७९

काठमाडौँ, ७ जेठ ।  काठमाडौँ महानगरपालिकाले आइतबार सार्वजनिक बिदाको दिन बिहान ८ देखि ११ बजेसम्म कार्यलय सञ्चालन गर्ने भएको छ । कामपाको राजश्व विभाग र वडा कार्यलयहरू उक्त समय अवधिभित्र सञ्चालन रहने कामपाको विभागीय प्रमुख महेश काफ्लेद्वारा जारी सूचनामा भनिएको छ । नागरिकको सेवालाई ध्यानमा राखी आइतबार नै गर्नुपर्ने अत्यावश्यक कामका लागि सहयोग होस् भन्दै कार्यालय सञ्चालन गर्न लागिएको सूचनामा भनिएको छ । केन्द्र सरकारले यही जेठ १ गतेदेखि लागू हुने गरी शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।  

कामपा २७ मा कांग्रेसका योगेशकुमार खड्गी विजयी
काठमाडौँ महानगरपालिका–२७ मा नेपाली कांग्रेसका उम्मेदवार योगेशकुमार खड्गी अध्यक्ष पदमा विजय भएका छन् । खड्गी नेकपा एमालेका चिनियामान बज्राचार्यलाई २३८ मतले पछि पार्दै वडाध्यक्षमा विजय भएका छन् ।
खड्गीले एक हजार ५४१ मत प्राप्त गर्दा बज्राचार्यले एक हजार ३०३ मत प्राप्त गरे । त्यसैगरी सदस्यमा नेपाली कांग्रेसका तर्फबाट दिनेश श्रेष्ठ र धर्म प्रजापति विजयी भएका छन् । महिला सदस्यतर्फ कांगे्रसकै सृष्टी कंसाकार विजय भएको छन् । दलित महिला सदस्यमा एमालेका तर्फबाट आफ्नो उम्मेदवारी दिएकी प्रभा परियार यसअघि नै निर्विरोध निर्वाचित भएकी छन् । वडा नं २७ सँगै कामपाका अन्य तीन वडामा पनि दलित महिला सदस्य निर्विरोध रुपमा चयन भइसकेका छन् ।  
हाल कामपा वडा नं १, २, ३, ४, ५, ६, ८, २७, २८, २९, ३० र ३२ को मतपरिणाम सार्वजनिक भइसकेको छ । त्यसैगरी वडा नं ७, ९, १०, २३, २४, २५, २६, २७ र ३१ को मतगणना जारी छ । कामपामा अहिले ९० हजारभन्दा बढी मतगणना सम्पन्न भइसकेको छ । कूल मतदाता तीन लाख २४२ रहेकामा जम्मा ६३ दशमलव ४९ प्रतिशतले मतदान गरेको आयोगले जनाएको छ ।

 

 

प्रकाशित मिति: शनिबार, जेठ ७, २०७९  २१:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार