बालेन शाह अग्रस्थानमा नै, स्थापित र सिर्जना दोस्रो स्थानका लागि प्रतिस्पर्धा गर्दै

शनिबार, जेठ ७, २०७९

काठमाडौं, ७ जेठ । नेकपा एमालेका उम्मेदवार केशव स्थापितलाई उछिन्दै नेपाली कांग्रेसकी सिर्जना सिंह काठमाडौं महानगरपालिकामा दोस्रो स्थानमा पुग्न सफल भएपनि यो परिणाममा फेरि परिवर्तन भएको छ । अहिले स्थापित दोस्रो स्थानमा उक्लेका छन् । सिर्जना र स्थापितबीच दोस्रो स्थानका लागि प्रतिस्पर्धा भइरहँदा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साह भने उनीहरु भन्दा धेरै अघि छन् । लौरो चुनाव चिन्हसहित स्वतन्त्र उम्मेदवार शाह ३५ हजार ३ सय ७४ मतसहित अग्रस्थानमा छन् ।
राष्ट्रियसभा जारी मतगणना १९ हजार ८३ भोट ल्याएर कांग्रेसकी सिर्जना दोस्रो स्थानमा उक्लिएकी हुन् । सिंह दोस्रो स्थापना उक्लिदा एमालेका स्थापित तेस्रो स्थानेमा झर्दै १९ हजार २ सय ४८ मतमा सीमित हुन पुगेका छन् ।
कूल एक लाख ९१ हजार १८६ मतमध्ये ९० हजार ४४७ मत गनिसक्दा काठमाडौँ महानगरपालिकाको प्रमुखका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले दुई प्रतिस्पर्धीलाई धेरै पछि छाड्दै निरन्तर अघि बढिरहेका छन् ।
एमालेको तर्फबाट उपप्रमुखका उम्मेदवार सुनिता डङ्गोेलले ३३ हजार २०१ मत प्राप्त गर्दा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ११ हजार ४६७ मत प्राप्त गरेका छन् । प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृहमा कामपाको मत गणना कार्य जारी छ । हालसम्मा वडा नम्बर १, २, ३, ४, ५, ६, ८, २८, २९, ३०, र ३२ को मत परिणाम सार्वजनिक भइसकेकोे छ भने वडा नम्बर ७, ९, १०, २३, २४, २५, २६, र ३१ को मत गणना भइरहेको छ ।

 

 

प्रकाशित मिति: शनिबार, जेठ ७, २०७९  २०:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार