बालिका करणी अभियोगमा म्यादी प्रहरी पक्राउ

शनिबार, जेठ ७, २०७९

सुरुङ्गा, ७ जेठ ।   प्रहरीले बालिका करणी गरेको अभियोगमा झापामा एक म्यादी प्रहरीलाई पक्रिएको छ । पक्राउ पर्नेमा उदयपुरको ताप्ली गाउँपालिका–५ का ३० वर्षीय कमलप्रसाद पोख्रेल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।प्रहरीले उनलाई शुक्रबार झापाको गौरीगञ्जस्थित वडा नं २ बाट ड्युटीमा रहेकै अवस्थामा पक्रिएको हो । उनले मंगलबार १४ वर्षीया ती बालिकालाई सोही वडास्थित गहते जङ्गलमा लगेर बलात्कार गरेको आरोप छ । पोखरेललाई प्रहरीले उदयपुर पठाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए  । स्थानीय तह २०७९ को निर्वाचनमा झापाबाट म्यादी प्रहरी बनेका हुन् ।  रासस 

प्रकाशित मिति: शनिबार, जेठ ७, २०७९  १६:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार