विराटनगरको मेयरमा काँग्रेसका नागेश र उपमेयरमा एमालेकी शिल्पा विजयी

आउन थाल्यो महानगरको नतिजा
शनिबार, जेठ ७, २०७९

विराटनगर । वैशाख ३० गते भएको स्थानीय तह निर्वाचन अन्तर्गत महानगरपालिका तर्फका नतिजा आउन थालेका छन् । विराटनगर महानगरपालिकाले यसको सुरुवात गरेको छ । लगत्तै विरगन्जको पनि नतिजा आउने चरणमा पुगेको छ ।
विराटनगर महानगरपालिकाको मेयरमा नेपाली काँग्रेसका उम्मेदवार नागेश कोइराला र उपमेयरमा शिल्पा कार्की निर्वाचित भएका छन् ।
मेयरमा काङ्ग्रेस उम्मेदवार  नागेश ८७१५ मतको अग्रतासहित विजयी हुँदा उपमेयरमा एमाले उम्मेदवार कार्की  ११४६१ मत अन्तरले विजयी भइन् ।
मेयरमा नागेश कोइरालाले ३० हजार १७० मत प्राप्त गरे । एमालेबाट मेयरका उम्मेदवार सागर थापाले २१ हजार ४५५ मत प्राप्त गरे । स्वतन्त्र उम्मेदवार उमेश यादवले ८ हजार ७९५ र राप्रपा उम्मेदवार प्रह्लाद साहले ५ हजार २१६ मत पाए ।
उपमेयरमा शिल्पा कार्की २५ हजार ६८०मत सहित विजयी हुँदा जसपा उम्मेदवार अमरेन्द्र यादवले १४ हजार २१९ मत पाए । यसैगरी राप्रपा उम्मेदवार विन्दा लुइँटेलले ६ हजार ४०१ र स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले ५ हजार ११७ मत प्राप्त गरिन् ।

प्रकाशित मिति: शनिबार, जेठ ७, २०७९  ०६:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार