रुपन्देहीको सैनामैना नगर प्रमुख गठबन्धन र उपप्रमुख एमालेबाट निर्वाचित मोहम्मद हबिब 

शुक्रबार, जेठ ६, २०७९

भैरहवा, ६ जेठ । रुपन्देहीको सैनामैना नगरपालिकाको प्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका फणेन्द्रप्रसाद शर्मा निर्वाचित भएका छन् । 
 
स्थानीय तह निर्वाचन २०७९ मा उम्मेदवार बनेका घिमिरे १५ हजार ६ सय ८६ मत ल्याएर निर्वाचित भएका छन् ।  उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका चित्र बहादुर कार्कीले १५ हजार १ सय ४ मत मात्र प्राप्त गरे । शर्माले निवर्तमान प्रमुखलाई ५ सय ८२ मतले पछि पार्दै विजय निकालेका हुन् ।

त्यस्तै उपाध्यक्षमा उपाध्यक्षमा एमालेकी विना राना १५ हजार ७ सय ६२ मत ल्याउँदै विजयी घोषित भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट नेकपा माओवादीका उम्मेदवार मान बहादुर महतले १३ हजार ७ सय २० मत ल्याए ।

११ वटा वडा रहेको नगरमा वडा नम्बर १ वडा नम्बर १ मा माओवादीका भुवन बहादुर क्षेत्री २ हजार ३ सय ९१ मत ल्याई विजयी भए ।

वडा नम्बर २ मा नेकपा एमालेका अम्मर बहादुर केल ९ सय ४५ मत प्राप्त गरे, यस्तै वडा नम्बर ३ मा नेकपा एमालेका तम बहादुर पुर्जा १ हजार ३ सय ९६ मत ,वडा नम्बर ४ मा नेपाली कांग्रेसका राम प्रसाद अधिकारी २ हजार १ सय ८३ मतका साथ विजय भए । 

वडा नम्बर ५ मा एमालेका धन प्रसाद पौडेल १ हजार ४ सय ६० मतले, वडा नम्बर ६ मा नेपाली कांग्रेसका गोपाल पोख्रेल १ हजार ८ सय २२ मतले, वडा नम्बर ७ मा पनि कांग्रेसकै राज कुमार चौधरी १ हजार १० मतले, वडा नम्बर ८ मा नेकपा एमालेका बुद्धिराम चौधरी थारु १ हजार २ सय १९ मतले, वडा नम्बर ९ मा एमालेकै भानुभक्त पाण्डे १ हजार १ सय ४९ मतले विजयी बनेका छन् । यस्तै वडा नम्बर १० मा एमालेकै कृष्ण प्रसाद घिमिरे १ हजार ७ सय १२ मतले र वडा नम्बर ११ मा एमालेकै उम्मेदवार राम प्रसाद भुसाल १ हजार ६ सय ५ मत सहित भए ।

सम्मरीमाईमा नेपाली कांग्रेसका अध्यक्ष र उपाध्यक्ष निर्वाचित
रुपन्देहीको सम्मरीमाई गाउँपालिकामा नेपाली कांग्रेसका अध्यक्ष र उपाध्यक्ष निर्वाचित भएका छन् । 
नेपाली कांग्रेसबाट अध्यक्षका उम्मेदवार बनेका विनोद कुमार श्रीवास्तव ४ हजार १ सय ३४ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल माओवादी केन्द्रका जितेन्द्रनाथ शुक्लले ३ हजार ५ सय २ मत प्राप्त गरे । यस्तै उपाध्यक्षमा पनि कांग्रेसकै कुमारी प्रियंका शाही सिंह ४ हजार ४ मत ल्याई निर्वाचित भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी लोसपाकी बिन्द्रावती गुप्ताले ३ हजार ३ सय ४ मत प्राप्त गरिन । 

Avatar

वडा नम्बर १ मा कांग्रेसकै शिव कुमार यादव ९ सय ५१ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी जसपाका कमलापति यादवले ५ सय ९९ मत पाए । वडा नम्बर २ मा लोसपाका अजय कुमार गुप्त बनिया ५ सय ६८ मत ल्याई विजयी घोषित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादीका अबरार अहमद मुसलमानले ४ सय ७० मत पाए । वडा नम्बर ३ मा कांग्रेसका अदहम अली देवान ५ सय ८५ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी लोसपाका अंकित कुर्मीले ४ सय ८० मत प्राप्त गरे ।

वडा नम्बर ४ मा नेपाली कांग्रेसका दिवाकर प्रसाद दुबे ८ सय २८ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी लोसपाका सुजित कुमार त्रिपाठीले ३ सय ३९ मत प्राप्त गरे । वडा नम्बर ५ मा माओवादीका श्रवण कुमार यादव ६ सय २७ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी लोसपाका शेरअली मुसलमानले ६ सय १७ मत प्राप्त गरे । 

वडा नम्बर ६ माओवादीकै तौलन केवट ५ सय ७४ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका पवन कुमार सिंहले ५ सय ५७ मत पाए । वडा नम्बर ७ मा लोसपाका राधेश्याम कुर्मी ६ सय ५९ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका श्रीनारायण यादवले ५ सय १४ मत पाए ।
 

प्रकाशित मिति: शुक्रबार, जेठ ६, २०७९  २१:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार