प्रशिक्षक अल्मुताइरीबिरुद्ध खनिए खेलाडी

'सर्प र छेपारोको संज्ञा'
शुक्रबार, जेठ ६, २०७९
Global Ime Bank

काठमाडौ, ६ जेठ । नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणमा निकालिएका खेलाडीको समूह मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीविरुद्ध सामाजिक सन्जालमा खनिएका छन् । प्रशिक्षक अल्मुताइरीले शुक्रबार सामाजिक सञ्जालमा ‘र’ लेख्दै स्टोरी  पोस्ट गरेका थिए । यसैको जवाफमा प्रशिक्षण छाडेका खेलाडीहरुले फरक शैलीमा विरोध जनाएका हुन् ।

खेलाडीले समेत फेसबुकको स्टोरी मार्फत र लेख्दै आफ्नो जवाफ फर्काएका छन् । प्राय खेलाडीले अब्दुलाहलाई सर्पको संज्ञा दिएका छन् ।

‘र..सत्यले तपाईलाई केही समय कडा प्रहार गर्छ तर यो कहिल्यै मर्दैन । झुटले केही समय सुख दिए पनि यो सँघै रहँदैन,’ विशाल राईले लेखेका छन् ।

‘र..लुकाउनु कुनै विकल्प होइन । कुनै कुरा बदल्नु समाधान होइन । सत्य कहिल्यै मर्दैन,’ सुजल श्रेष्ठले लेखेका छन् ।

‘र..सत्यमाथि झुट बोल्नु तपाईका लागि कुनै नौलो कुरा होइन,’ दीनेश राजवंशी लेख्छन् ।

प्रशिक्षकको विकल्प र व्यवस्थापन हटाउन सुझाव

राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र खेलाडीबीचको विवादको अनुसन्धानका लागि गठित छानबिन समितिले अस्पष्ट, अन्योलपूर्ण र सतही प्रतिवेदन बुझाएको छ ।

अखिल नेपाल फुटबल संघ ९एन्फा०को कार्यसमिति बैठकले पूर्व खेलाडी भिक्टोर राणाको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो ।

राणाको नेतृत्वमा गठित समितिमा पूर्व खेलाडी विदुर विष्ट र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ ९एनएनआइपिए०का उपाध्यक्ष दीपक थापा पनि थिए ।

तीन सदस्यीय समितिले एन्फा सचिवालयमा जेठ ४ गते पेस गरेको प्रतिवेदनमा दुवै पक्षको दोष देखाइएको छ भने स्पष्टरूपमा गल्तीबारे यकिन गरिएको छैन ।

खेलाडी र प्रशिक्षक, व्यवस्थापन सबै पक्षको दोष देखाइएको सन्तुलित प्रतिवेदनले सबै पक्षलाई सचेत गराउने मात्र भनिएको छ ।

यस्तै प्रशिक्षकको विकल्प र एएफसी कप छनोट पछि व्यवस्थापकलाई हटाउन सिफारिस गरेको छ ।

प्रशिक्षक अब्दुल्लाहले आज नै विद्रोह गरेका १० खेलाडी सहित कप्तान किरण कुमार लिम्बूलाई बाहिर राख्दै टिम घोषणा गरेका छन् । जसमा चार खेलाडीले मौका पाएका छन् ।
 

प्रकाशित मिति: शुक्रबार, जेठ ६, २०७९  २१:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार