वीरगञ्ज महानगरपालिकामा गठबन्धनको अग्रता

शुक्रबार, जेठ ६, २०७९

वीरगञ्ज, ६ जेठ  ।  पर्साको वीरगञ्ज महानगरपालिकाको  पछिल्लो मतगणनाअनुसार प्रमुख पदमा गठबन्धनका उम्मेदवार  राजेशमान सिंहले २३ हजार ८५२ मतसहित आफ्नो अग्रतालाई निरन्तरता  दिएका छन्  ।  नेकपा एमालेका उम्मेदवार विजयकुमार सरावगी १२ हजार २८९ मतसहित उनीसँग प्रतिस्पर्धामा छन्  ।

यसैगरी उपप्रमुख पदमा पनि गठबन्धनका उम्मेदवार  इम्तियाज आलमले  कूल १६ हजार ८६१ मतसहित अग्रतालाई निरन्तरता दिएका  छन्  । उपप्रमुख पदका उम्मेदवार लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका नेता पुरुषोत्तमलाल झा तीन हजार ५७६ मतसहित उनीसँग प्रतिस्पर्धामा छन्  ।हालसम्म यस महानगरपालिकामा कूल ४६ हजार ३५२ मत गणना भएको  हो ।  महानगरपालिकामा हालसम्म वडा नं १, २, ३, ४, ५, २५, २७, २८, २९, ३०, ३१ र ३२ को मतगणना सम्पन्न भएको छ । कूल ३२ वटा वडा रहेको यस महानगरपालिकामा  अन्य वडाहरुको मत परिमाण आउन बाँकी  छ । 
 

प्रकाशित मिति: शुक्रबार, जेठ ६, २०७९  १९:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार