सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ, ६ जेठ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा आरजु राणा देउवाले नेपालमा बलात्कारसम्बन्धी विद्यमान कानुनमा संशोधन गर्न संसद्समक्ष अनुरोध गरेका छन् । बलात्कार सहेर बाँचेकाहरुलाई आफ्नो पीडाबारे सार्वजनिक रुपमा बोल्न समय लाग्छ र न्यायको लडाइँ सुरु गर्ने साहस जुटाउन पनि उनीहरुलाई धेरै वर्ष लाग्न पनि सक्छ भन्दै उनले हाल विद्यमान रहेको वर्षदिनभित्र उजुरी गरिसक्नुपर्ने लगायतका कानुनी प्रावधानहरुमा संशोधन गर्न आवश्यक रहेको उनको भनाइ छ । महिला स्वास्थ्य तथा महिला अधिकारका क्षेत्रमा अभियान सञ्चालन गर्दै आएकी कांग्रेस नेत्री डा देउवाले विश्वका राष्ट्रहरुले पनदशकौँपछि पनि बाल यौन दुराचारी र बलात्कारीहरुमाथि अभियोग लगाउन र कानुनी कठघरामा ल्याउन अनुमति दिने समय सीमा रहेका कानुनहरु परिवर्तन गरेका दृष्टान्त पेस गर्दै नेपालको सो कानुनमा संशोधन गर्न माग गरे । कांग्रेस नेत्री डा देउवाले नेपाल सरकार, विशेषगरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय महिला आयोगलाई बलात्कारको कानुन संशोधनका लागि समिति गठन गरेर संशोधनको प्रक्रिया जतिसक्दो चाँडै अघि बढाउन र संसद्लाई उक्त कानुन फास्टट्र्याकबाट पारित गर्न अनुरोध गरिन् । बलात्कार सहेर बाँचेका महिलाले जीवनभर त्यसको चोट महसुस गर्ने र उनीहरुका लागि जिन्दगीको सबैभन्दा त्रासद् क्षणमा पुगेर समयको घडी ठप्प रोकिएजस्तो हुने भन्दै उनले त्यसैले बलात्कारको पीडाबारे बोल्ने र कानुनी उपचार खोज्ने कुनै समय सीमा हुन नहुने बताएकी हुन् । आज एक वक्तव्य प्रकाशित गर्दै उहाँले भनिन्, ‘‘अपराध सबै अपराध नै हुन्, कुनै अपराधमा २०औँ वर्षपछि पनि अभियोग लगाउन सकिन्छ भने बलात्कारीलाई एक वर्षभित्र अभियोग लगाउनुपर्ने समय सीमा किन रु नेपालले पनि अब कानुन परिवर्तन गर्दै समय सीमा हटाई महिलालाई सुरक्षाको प्रत्याभूति दिन ढिला गर्नु हुँदैन ।’’ सो वक्तव्यमा डा आरजु राणा देउवाले भनेकी छन्, ‘‘हालै एकजना बहिनीले आफूमाथि भएको बलात्कारको पीडाबारे सार्वजनिक रूपमा बोल्ने हिम्मत गरिन् म उनको साहसलाई कदर गर्छु । उनी र उनीजस्ता बालिका एवं महिलालाई बलात्कार र अन्य महिला हिंसाबाट बचाउन म नेपाल सरकार र विशेषगरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय महिला आयोगलाई बलात्कारको कानुन संशोधनका लागि समिति गठन गरेर संशोधनको प्रक्रिया जतिसक्दो चाँडै अघि बढाउन र संसद्लाई उक्त कानुन फास्टट्र्याकबाट पारित गर्न अनुरोध गर्दछु ।’’–रासस