६० हजार मत गणना हुँदा दाहाल तीन हजार बढी मतान्तरले अगाडि

शुक्रबार, जेठ ६, २०७९

चितवन, ६ जेठ  । भरतपुर महानगरपालिकाको ५९ हजार ७२५ मत गणना हुँदा प्रमुख पदमा गठबन्धनबाट उम्मेदवार बन्नु भएकी दाहालले तीन हजार २०५ मतले अग्रता लिएकी  छन्  । महानगरको वडा नम्बर १ देखि १२ सम्मको गणना सम्पन्न हुँदा दाहालले २२ हजार ५९८ मत प्राप्त गर्दा नेकपा ९एमाले०का उम्मेदवार विजय सुबेदीले १९ हजार ३९३ मत प्राप्त गरे  । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले आठ हजार ३७९ मत प्राप्त गरे  ।

महानगरको उपप्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले राप्रपाकी हिमला गुरुङ्लाई नौ हजार ५५३ मत अन्तरले अग्रता कायम राख्नु भएको छ । अधिकारीले २४ हजार ८५४ मत प्राप्त गर्दा हिमला गुरुङ्ले १५ हजार ३०१ मत प्राप्त गर्नुभयो । यस महानगरपालिकाको अहिलेसम्म गणना सम्पन्न भएका वडामा वडा नम्बर १, २, ४, ५, ६, ८, १० नेपाली कांग्रेस, ३, ११ र १२ एमाले, ७ र ९ नेकपा ९एकीकृत समाजबादी०का उम्मेदवार अध्यक्षमा विजयी हुनु भएका छन्  । यस पालिकामा एक लाख २७ हजार ८३९ मत खसेको थियो ।
 

प्रकाशित मिति: शुक्रबार, जेठ ६, २०७९  १८:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार