एमालेका उम्मेदवारले दिए गठबन्धनका उम्मेदवारलाई बधाई

शुक्रबार, जेठ ६, २०७९

हेटौँडा, ६ वैशाख । हेटौँडा उपमहानगरपालिकाको मेयर र उपमेयर पदमा उम्मेदवारी दिएका नेकपा एमालेका उम्मेदवारहरूले गठबन्धनका उम्मेदवारलाई बधाई दिएका छन् ।  जम्मा ७३ हजार ४१४ मत खसेकोमा पछिल्लो मत परिणामअनुसार ६९ हजार ६ सय ९६ मत गणना हुँदा  गठबन्धनको तर्फबाट मेयरको उम्मेदवार बनेकी नेकपा एकीकृत समाजवादीकी मीना कुमारी लामा २ हजार मतान्तरले अग्रता बनाएकी छन् । ३ हजार ७१८ मत गणना हुने क्रममा रहको छ ।  गठबन्धनको तर्फबाट उपमेयरमा उम्मेदवारी दिएका नेपाली काङ्ग्रेसका राजेश बानियाँले मतगणना नसकिँदै आफ्नो जित सुनिश्चित गरेका छन् । मेयरका उम्मेदवार अनन्त पौडेल र उपमेयर उम्मेदवार सुमित्रा काफ्लेले मतगणना स्थलमै गएर बधाई दिएका हुन् ।

 

प्रकाशित मिति: शुक्रबार, जेठ ६, २०७९  १७:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार